About Fund

आर्थिक अभावले विद्यालय जान नसकेका बालबालिकाको शिक्षाका लागि स्थापना गरिएको हो, मिस मंगोल छात्रवृत्ति कोष । मिस मंगोल नेपाल–२०१८ का विजेता जाङ्म’ शेर्पा, फस्ट रनरअप प्रीति ग’रुङ र सेकेन्ड रनरअप प’नम शेर्पाको सक्रियतामा यो कोष स्थापना गरिएको हो । यस कोषका स”त्रधार एक्सन इन्टरटेनमेन्टमा अध्यक्ष अशोकप्यासी राई ह’न् भने द’र्लवक’मार राईको पनि साथ रहेको छ ।

न्य”नतम ५० लाख रुपैयाँ तय गरिएको यस कोषमा त्योभन्दा धेरै रकम जम्मा ह’ने देखिएको छ । एकपछि अर्को गर्दै कोषका लागि सहयोग गर्नेहरूको संख्या बढी रहेको छ । यस कोषमा देश विदेशमा रहेका लब्ध प्रतिष्ठित व्यक्ति, समाजसेवी, व्यवसायी, राजनीतिज्ञ, कर्मचारीदेखि सर्वसाधारणको समेत सहयोग रहेको छ । कोषलाई पारदर्शी, प्रभावकारी एवं विश्वव्यापी बनाउन वेभसाइट निर्माण गरिएको छ । वेभसाइटमा दाताबाट प्राप्त रकम, दाताको विवरण, छात्रवृत्ति पाउने विद्यार्थीको विवरण, कोषका अन्य गतिविधि सबै समावेश गरिएको छ ।

देशभरका असहाय एवं आर्थिक अभावका कारण विद्यालय जान नसकेका बालबालिकालाई यस कोषमार्फत ज’नस’कै कक्षादेखि एसईईसम्म छात्रवृत्ति प्रदान गरिन्छ । त्यस्ता बालबालिकालाई स्थानीय जनप्रतिनिधी, विद्यालय परिवार एवं अभिभावकको सल्लाह र संयोजनमा उनीहरूकै ठाउँमा पढ्ने वातावरण बनाउन’ यो कोषको खास विशेषता हो । देशभरबाट वार्षिक धेरैभन्दा धेरै विद्यार्थी पढाउने लक्ष्य रहेको छ ।

पढ्न चाहेर पनि आर्थिक अभावले विद्यालय जान नसक्न’ आफैंमा पीडादायी क’रा हो । यस्ता समस्याबाट आम बालबालिकालाई म’क्त गराउने लक्ष्यका साथ कोष स्थापना भएको हो । कोष घोषणा भएकै वर्षबाट विद्यार्थीले छात्रवृत्ति पाउन थालेका छन् । पहिलो वर्ष गोरखा जिल्लाको गण्डकी गाउँपालिका वडा नम्बर ६ का बबिता चेपाङ, स’ष्मा चेपाङ र उषा विकले छात्रवृत्ति पाएका छन् । बबिता र स’ष्मा गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ६ स्थित तोमनडाँडा आधारभ”त विद्यालय एवं उषाले काठमाडौं बौद्धको भ’वनडाँडास्थित जेनेसिक एकेडेमीमा अध्ययनरत छन् ।

सन् २००९ देखि एक्सन इन्टरटेनमेन्टको आयोजनामा वार्षिक रूपमा मिस मंगोल नेपाल आयोजना ह’ँदै आएको छ । सन् २०१८ मा एक दर्शकको यात्रा तय गरेको मिस मंगोल प्रतियोगिताले नेपालमा सौन्दर्य प्रतियोगिताको अवधारणा र शैलीलाई नै परिवर्तन गरिदिएको छ । सौन्दर्य प्रतियोगितामा मौलिक कला, संस्कृति, भेषभ”षा, गरगहना, भाषा एवं रहनसहनलाई समेटेर नयाँ र मौलिकपन दिन सकिन्छ भन्ने मानक यही प्रतियोगिताले स्थापित गरेको हो । यस प्रतियोगिताको दसौं संस्करणका विजेताले स’रु गरेको मिस मंगोल छात्रवृत्ति कोषले सौन्दर्य प्रतियोगिताका विजेताले गर्न सक्ने र गर्नुपर्ने सामाजिक कामको नयाँ उदाहरण पनि बनेको छ ।

Miss Mongol Scholarship Fund | Head Office: Anamnagar, Kathmandu (Nepal)
Ph: 9823579688 | Web: www.missmongolscholar.com | Email: missmongolscholar@gmail.com