कोरियामा मिस मंगोललाई सम्मान

मिस मंगोल नेपाल– २०१८ जाङ्मु शेर्पाले मिस मंगोल छात्रवृत्ति कोषका बारेमा दक्षिण कोरियामा छलफल गरेकी छन् । दक्षिण कोरियामा क्रियाशील विभिन्न नेपाली संघसंस्थासँग उनले कोषका बारेमा छलफल गरेकी हुन् । ‘हाम्रो अभियानलाई धेरैले प्रशंसा गर्नुभएको छ’, जाङ्मुले भनिन्, ‘म उत्साहित भएकी छु । अन्य मुलुकमा पनि कोषका बारेमा जानकारी दिन कार्यक्रम बनाउँदै छौं ।’

आर्थिक अभावले विद्यालय जान नपाएका असहाय बालबालिकाको शिक्षाका लागि सुरु गरिएको यस कोषका लागि कोरियाबाट राम्रो फिडब्याक पाएको उनले बताइन् । कोरिया भ्रमणका क्रममा जाङ्मुलाई नेपाल आदिवासी जनजाति महासंघ, शेर्पा संघ दक्षिण कोरिया, किराँत याक्थुङ चुम्लुङ दक्षिण कोरियाले सम्मान पनि गरेको छ ।

Miss Mongol Scholarship Fund | Head Office: Anamnagar, Kathmandu (Nepal)
Ph: 9823579688 | Web: www.missmongolscholar.com | Email: missmongolscholar@gmail.com