जाङ्मु सद्भावना दूत नियुक्त

मिस मंगोल नेपाल– २०१८ जाङ्मु शेर्पालाई शेर्पा कलाकार संघले सद्भावना दूत नियुक्त गरेको छ । मोडलिङ एवं उद्घोषणमा क्रियाशील जाङ्मु मिस मंगोल नेपालको उपाधि चुमेपछि सामाजिक कार्यमा पनि लागेकी छन् । असहाय बालबालिकाको शिक्षाका लागि स्थापना गरिएको मिस मंगोल छात्रवृत्ति कोषकी संस्थापक अध्यक्ष उनी शेर्पा कलाकार संघको संस्थापक कोषाध्यक्ष पनि हुन् ।

शेर्पा कलाकारको हकहित, मौलिक कला एवं संस्कृतिको प्रवद्र्धनमा संघ क्रियाशील छ । ‘आफ्नो समुदायका लागि क्रियाशील संस्थाले सद्भावना दूत नियुक्त गरेकाले खुसी लागेको छ’, जाङ्मुले भनिन्, ‘अहिले म शेर्पामात्रै नभई समस्त मंगोल समुदाय र सारा नेपालीका लागि काम गर्दैछु ।’

लगभग तीन दर्जन म्युजिक भिडियोमा मोडलिङ गरेकी उनी स्टेज इभेन्टमा कहलिएकी उद्घोषिका पनि हुन् । उनले स्वदेश एवं विदेशमा गरी दर्जनौं स्टेजमा आफ्नो वाटपटुता पस्किसकेकी छन् । ‘दर्शकको अगाडि उभिएर बोल्दा पाउने सन्तुष्टि अथाह छ । तर पछिल्लो समय म सेलेक्टेड कार्यक्रम मात्र गर्दै आएकी छु ।’

Miss Mongol Scholarship Fund | Head Office: Anamnagar, Kathmandu (Nepal)
Ph: 9823579688 | Web: www.missmongolscholar.com | Email: missmongolscholar@gmail.com