युरोपबाट वल्र्ड टुर

मिस मंगोल छात्रवृत्ति कोषको सहयोगार्थ विश्वका विभिन्न मुलुकमा कार्यक्रम हुने भएको छ । ‘मिस मंगोल स्कलरसिप फन्ट राइजिङ वल्र्ड टुर’ नाम दिइएको यो कार्यक्रम युरोपबाट सुरु हुने भएको छ । पहिलो चरणमा युरोपको फ्रान्स, बेल्जियम र पोर्चुगलमा हुने कार्यक्रममा सहभागी हुन मिस मंगोल नेपाल–२०१८ जाङमु शेर्पा जुन १२ तारेख त्यसतर्फ जाँदैछिन् ।

कोषको सहयोगार्थ ति मुलुकमा अभियान सुरु भइसकेको छ । त्यहाँ रहेका नेपालीले कोषका लागि सहयोग जुटाउन लागी परेका छन् । मिस मंगोल जाङमु त्यहाँ पुगेपछि कोषका बारेमा छलफल, सेमिनार, च्यारिटी डिनरका साथै सांस्कृतिक कार्यक्रम पनि हुने भएको छ । कोषका लागि आर्थिक सहयोग गर्ने विभिन्न संघसंस्था एवं समाजसेवीहरुलाई जाङमुले मिस मंगोल छात्रवृत्ति कोषको तर्फबाट सम्मान पत्र पनि प्रदान गर्ने कार्यक्रम छ । दोस्रो चरणमा विश्वका अन्य मुलुकमा नेपालका चर्चित कलाकारसहित वल्र्ड टुरलाई निरन्तरता दिइने कोषले जनाएको छ । 

Miss Mongol Scholarship Fund | Head Office: Anamnagar, Kathmandu (Nepal)
Ph: 9823579688 | Web: www.missmongolscholar.com | Email: missmongolscholar@gmail.com