Jangmu Enn Sherpa

Jangmu Enn Sherpa

Jangmu Enn Sherpa

हामी उत्साहित छौं

समाजसेवा गर्नु चानचुने आँटले हुँदैन । रहर र आवेगले मात्रै पनि पुग्दैन । तर किन किन त्यो गह्रौं भारी बोक्न मलाई रहर जाग्यो । समाजसेवाका लागि स्पष्ट दृष्टिकोण, दृढ संकल्प अनि फराकिलो मन चाहिन्छ । यसबारे मैले धेरै पटक सोचेँ । आफैंलाई सोधेँ, के यी कुरा मभित्र छन् त ? म यो कुरामा अझै घोत्लिरहेकै छु । तर एउटा निष्कर्षमा जरुर पुगेँ । समाजका लागि केही गर्नै पर्छ । यो निर्णय र निष्कर्षमा पुग्न ‘मिस मंगोल नेपाल २०१८’ को उपाधिले भ¥याङको काम गरेको छ ।

मिस मंगोल नेपालको स्टेजमा प्रतियोगीको रूपमा उभिरहँदा यस्ता प्रतियोगिताको सार्थकताका बारेमा अनेकन प्रश्न नउठेका होइनन् । च्याउ सरी उम्रिएका प्रतियोगितामाथि त्यस्तो प्रश्न उठ्नु स्वाभाविक पनि हो । तर त्यहाँ उभिनुको कारण र सार्थकताबारे म स्पस्ट थिएँ । प्रतियोगितामा मेरो मेहनत, लगनशीलता र सपना साकार भयो । शीर्ष उपाधि चुम्न सफल भएँ । त्यसपछि परिवार, आफन्त, शुभेच्छुक एवं समाजबाट पाएको प्रतिक्रिया र स्याबासी म शब्दमा भन्नै सक्दिनँ । मिस मंगोल नेपाल उपाधिको आयाम यति फराकिलो होला भन्ने सायद मैले पनि सोचेको थिइनँ ।

मलाई यो उपाधि र जिम्मेवारीले घच्घच्याइरह्यो । समाजको लागि केही गर्नुपर्छ भन्ने सोच र सपना जागृत गरायो । हुन त मलाई सानै उमेरदेखि समाजसेवा गर्ने रहर थियो । यही रहरलाई मिस मंगोलको उपाधिले थप सशक्त बनाइदियो । त्यसपछि सुरु भएको हो मिस मंगोल छात्रवृत्ति कोष । कोषको घोषणा भएपछि सुरुआतमै जति साथ र सहयोग पायौं यसले झनै उत्साहित बनाएको छ । अहिलेको युगमा शिक्षा सबैभन्दा महत्वपूर्ण भएकाले यो क्षेत्र रोजाइमा परेको हो । हजारौं बालबालिका आर्थिक अभावका कारण विद्यालय जान सकिरहेका छैनन् । देशभरका त्यस्ता असहाय बालबालिकालाई जुनसुकै कक्षाबाट एसईईसम्म पढाउने यस कोषको लक्ष्य हो । त्यसको सुरुआत यसै वर्षबाट सुरु भएको छ । विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने क्रम हरेक वर्ष बढ्दै जानेछ ।

यस अभियानमा हजारौं असहाय बालबालिकाको भविष्य जोडिएको छ । त्यसैले उनीको सहयोगका लागि सुरु भएको यस अभियानमा सबैको साथ, सहयोग र हातेमालोका लागि म आग्रह गर्न चाहन्छु । तपाईंहरूको सहभागिताबिना यो अभियान असम्भव छ । कोषको संस्थापक अध्यक्षको हैसियतले म यस अभियानलाई सफल बनाउन प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग पु¥याउने सबैलाई हार्दिक धन्यवाद एवं आभार प्रकट गर्न चाहन्छु । धन्यवाद ।

जाङमु शेर्पा
संस्थापक अध्यक्ष ः मिस मंगोल छात्रवृत्ति कोष
एवं मिस मंगोल नेपाल– २०१८

Miss Mongol Scholarship Fund | Head Office: Anamnagar, Kathmandu (Nepal)
Ph: 9823579688 | Web: www.missmongolscholar.com | Email: missmongolscholar@gmail.com